back
NMB ad

गाउँ-गाउँमा होमस्टेको उचित प्रवन्ध गरी पर्यटन व्यवसायलाई सबल बनाउनुपर्छ: अध्यक्ष मल्ल

Kumari bank ad

पोखरा । गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम साधारणसभाबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सोही अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालको पर्यटन हव रहेको गण्डकी प्रदेशका सबै जिल्लाहरुमा आकर्षक भौगोलिक वनावट रहेको बताउनुभयो ।

उहाँले गाउ गाउमा होमस्टेको उचित प्रवन्ध गरी पर्यटन ब्यावसायलाई सबल बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रवर्धन गर्न अन्तर्राष्ट्रिय विमानस्थल द्रुत गतिमा निर्माण सम्पन्न गर्नु पर्नेमा जोडदिनुभयो ।

साथै पर्यटन प्रवर्धनमा हाम्रा विध्यमान परम्परा, संस्कृती र रीतिरिवाजमा पर्यटक रमाउने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको र पोखरामा यसको सुन्दरता कायम राख्न विद्युतिय सवारी साधनमा जोड दिई प्रदुषण कम गर्ने र एग्रो टुरिजम समेतलाई जोडदिनुपर्ने उहाँको भनाई थियो ।

उहाँले प्रदेश सरकारले मुस्ताङको कोरला नाकाको समुचित उपयोग गरी मित्रराष्ट्र चिनसंग ब्यापार अभिवृद्धि गर्न जोड दिनुभयो । जलश्रोत भण्डार रहेको यस प्रदेशमा जलविद्युतमा बाह्य लगानी भित्र्याई विद्युत निर्यात गर्ने सरकारको योजनामा यस प्रदेशबाट थप टेवा मिल्ने बताउनुभयो ।

महिला उद्यमी लगायत समग्र कृषकबाट उत्पादित समानको उचित बजार ब्यवस्थापन हुन नसक्दा कृषि पेशा फस्टाउन नसकेको, उत्पादित बस्तुको ढुवानी लागत लाई कम गरी सुपथ मुल्यमा कृषि उत्पादन बजारमा लैजाने ब्यवस्थामा सरलिकरण गर्न कृषि एम्बुलेन्सको ब्यवस्था गरिनु पर्ने, विदेशमा सीप सिकेर फर्केकाहरुबाट ब्यावसायीक कृषि तथा औद्योगिक कार्यमा उपयोग गरिनु पर्ने, कृषिलाई निर्यातमुखि बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।

गत असार २६ गते सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट चयन कार्य समितिको सपथग्रहण पश्चात पदस्थापन भएको थियो ।

जसअनुसार गण्डकी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा किसान सुनार, उपाध्यक्षमा श्रीबहादुर गुरुङ, महासचिवमा अधिवक्ता देवराज शर्मा, सचिवमा विष्णु कुमार श्रेष्ठ, कोषाध्यक्षमा तेजेन्द्र पौडेल रहनु भएको छ ।

त्यसै गरी कार्यसमितिले डा. टेक नारायण पौडेल तथा रवि बहादुर बि.के.लाई सदस्य पदमा मनोनित गरेको छ ।

वि.सं.२०७८ असोज २२ शुक्रवार १६:२५ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...