काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाको २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोसन ४५ प्रतिशत रहेको छ भने कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
वि.सं.२०७८ असोज २४ आइतवार १०:४३ मा प्रकाशित