back
Mega Long Ad

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् कांग्रेसबाट मन्त्री हुनेहरू

बुटवल । सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्रीहरूको नाम कांग्रेसले टुंगो लगाएको छ । कांग्रेसले मन्त्रिमरिषद्मा पठाउने व्यक्तिहरूको नाम टुंगो लगाएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबारै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कांग्रेसले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीका लागि पाल्पाका वीरबहादुर रानालाई पठाउने निर्णय गरेको छ । त्यसबाहेक राज्यमन्त्रीमा पनि निर्णय भइसकेको बताइएको छ ।

नेपाली कांग्रेसले यसअघि नै वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्दिन खाँलाई पठाउने निर्णय गरिसकेको थियो ।

सत्ता साझेदार प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले यसअघि नै मन्त्रीको नाम टुङ्ग्याइसकेका छन् । मुख्यमन्त्री कार्यालयले अपरान्ह ३ बजे शपथको तयारी गरेको छ ।

माओवादी केन्द्रले भने यसअघि नै सरकारमा सहभागी हुने दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको थियो । दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्रिपरिषदमा पठाउने निर्णय माओवादीले गरेको हो । निर्णयअनुसार दाङकी विमला वली राज्यमन्त्री बन्नेछिन् । उनी सूर्य चिन्हबाट चुनाव जितेर माओवादी केन्द्र रोजेकी थिइन् ।

माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एस)लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । नेकपा ९एस०बाट एकमात्र सांसद पाल्पाकी रमा घर्ती पनि सरकारमा सहभागी हुनेछिन् ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका दुई, कांग्रेसका एक, जसपाका तीन र स्वतन्त्र एक गरी सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

 

वि.सं.२०७८ असोज २४ आइतवार १४:५० मा प्रकाशित

You can share this post!

कांग्रेसले भन्यो- प्रधानन्यायाधीश प्रकरणमा हामी बोल्दैनौ

कांग्रेसले भन्यो- प्रधानन्यायाधीश प्रकरणमा हामी बोल्दैनौ

वि.सं.२०७८ कात्तिक ८ सोमवार १०:२५

काठमाडौं । सत्ता नेतृत्व दल नेपाली कांग्रेस प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा...

एमालेका सबै पार्टी गतिविधि तुलसीलाल स्मृति प्रतिष्ठानबाटै

एमालेका सबै पार्टी गतिविधि तुलसीलाल स्मृति प्रतिष्ठानबाटै

वि.सं.२०७८ कात्तिक ७ आइतवार १४:२४

काठमाडौं ।एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर...

खानेपानी कार्यालय प्रमुखमाथि दुव्र्यवहार

खानेपानी कार्यालय प्रमुखमाथि दुव्र्यवहार

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १५:०४

जनकपुर । खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि...

ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा

ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १४:५४

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ...

देशभरको बाढीपहिरोको अनुगमन गरेर सरकारले थप राहतको व्यवस्था गर्छ : प्रधानमन्त्री देउवा

देशभरको बाढीपहिरोको अनुगमन गरेर सरकारले थप राहतको व्यवस्था गर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ कात्तिक ४ बिहीवार ११:४८

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको...

एमालेले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

एमालेले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा

वि.सं.२०७८ कात्तिक ३ बुधवार १४:३८

काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ...