काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले यसअघि घोषणा गरेको लाभांशलाई परिमार्जन गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्रै नगद लाभांश दिन सक्ने व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अनुसार नभएको भन्दै निफ्राले प्रस्तावित लाभांश परिमार्जन गरेको जनाएको छ । परिमार्जनसँगै सेयरधनीले ८ प्रतिशत बोनस सेयर पाउने छन् ।
निफ्राका अनुसार आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने छ । यसअघि निफ्राले सेयरलाई ८.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
वि.सं.२०७८ असोज २५ सोमवार १२:५५ मा प्रकाशित