back
Mega Long Ad

देखिएन बोनसको चमक

काठमाडौं । पछिल्लो समय सेयर बजारमा बोनसको घोषणा सुरु भएको छ । एकपछि अर्को बैंक र माइक्रोफाइनान्सले बोनस घोषणा गरिरहेका छन् । यसै सन्दर्भमा नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयर धनीहरूलाई १२ प्रतिशन बोनस सेयर र ३ दशमलव ५ प्रतिशन नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्चात साधारणसभाको छलफलमा समावेश गरिनेछ । बोनस घोषणा भएता पनि सेयरको मूल्य भने बढेको छैन । न्युज तयार पर्दासम्म यसको मुल्य चार सय १६ रुपैयाँ छ ।

कम्पनीको आइतबार बिहान बसेको संचालक समितिको ३७५औं बैठकले आ। व। २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट सेयर धनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी नौ अर्ब ४८ करोड दुई लाख ११ हजार एक १९५ को १२ प्रतिशत अर्थात एक अर्ब आठ करोड पाँच लाख ७८ हजार ५४३ बराबरको बोनस सेयर तथा ३१ करोड ५१ लाख ६८ हजार ७४२ बराबरको नगद लाभांश ९कर प्रयोजनार्थ समेत० वितरण गर्ने निर्णय गरेको हो । प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य सेयरधनीले दाबी गर्न पाउने छन् ।

वि.सं.२०७८ असोज २५ सोमवार १६:१० मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...