back
NMB ad

बैंकमा निक्षेप संकलन भन्दा कर्जाकै माग बढी

Kumari bank ad

काठमाडौं । अघिल्लो साताको तुलनामा गत सातामा वाणिज्य बैंकमा निक्षेप संकलनमा कुनै घटबढ नभएपनि कर्जाको माग भने बढेको छ ।

असोज १५ गतेसम्म वाणिज्य बैंकमा ३८ अर्ब निक्षेप संकलन हुँदा कर्जाको माग ३९ अर्ब रहेको थियो । उक्त साता निक्षेप संकलन र कर्जा मागको अन्तर १ अर्ब मात्रै रहेको थियो । तर यो साता अर्थात असोज २२ गतेसम्म आइपुग्दा निक्षेप संकलन ३८ अर्ब र कर्जाको माग ४१ अर्ब रुपैयाँले बढेको छ ।

बैंकर्स संघका अनुसार असोज २२ गतेसम्म आईपुग्दा बैंकको निक्षेप संकलन ४२ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । असोज ८ गते ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको निक्षेप संकलन १५ गतेसम्म आईपुग्दा ४२ खर्ब १८ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै कर्जाको माग ४१ अर्ब रुपैयाँले बढेर ३९ खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । असोज ८ गते ३९ खर्ब ३ अर्ब रुपैयाँ रहेकोमा १५ गतेसम्म आईपुग्दा ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको थियो ।

बैंकको लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले निक्षेप उठाउन ब्याजदरलाई हतियार बनाएका थिए । त्यसले पनि प्रभावकारी रुपमा काम गर्न सकेको देखिदैन । तथापी सरकारले पुँजीगत खर्च गर्न नसक्दा बैंकको निक्षेप कम भएको जानकारहरुको भनाई छ ।

वि.सं.२०७८ असोज २५ सोमवार १७:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...