back
NMB ad

कैलालीका किसानलाई खेतमै दसैं

Kumari bank ad

धनगढी । घरघरमा जमारा राखिएका छन् । कतै चर्खे पिङ त कतै दसैं मनाउँन गाउँ फर्किएकाहरू आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । कोही दसैं मनाउँन घर पुग्दै छन्, नजिक हुनेहरू कोही घर जाने तरखरमा छन् । यतिवेला हिन्दुहरूलाई महान चाड दसैंको उल्लासले छोइसकेको छ । शहरीयाहरू गाउँ केन्द्रित हुँदा गाउँको वातावरण दसैंमय बनेको छ ।

कैलालीका किसानलाई भने खेतमै दसैं छ । धान भित्र्याने समयमै दसैं सुरु भएपछि यहाँका किसान खेतबारीमै व्यस्त बनेका हुन् । बिहानीको सूर्यको किरण नझुल्किदै खेतमा पुग्ने किसान त्यही भलाकुसारी गर्छन् । दुःख सुख त्यही बाँड्छन् । अझ भन्नु पर्दा किसानका लागि खेतमै दसैं छ ।

‘खाने अन्नलाई चटक्कै छोडेर पिङमा कहाँ रमाइलो लागछर,’ धनगढी–३ का किसान हेमराज विष्टले भने, ‘सुखले धान भित्र्याउन पाए हाम्रा लागि दसैंभन्दा बढी खुशी हुन्छ, दसैं त खेतमै मनाउँलानी १’

किसानलाई सबैभन्दा बढी चिन्ता खेती भित्र्याउन हुने गरेको उहाँले बताउनुभयो । ‘जसरी परिवारका सदस्यको माया हुन्छ, त्यसरी नै खेतमा लगाएको बालीको पनि माया लाग्ने गर्दछ,’ भट्टले भन्नुभयो, परिवारका सदस्यलाई बिर्सेर को रमाउन सक्दछ र ?’

कैलालीका अधिकांश स्थानमा असोजको दोश्रो सातामै धान पाकिसकेको भएपनि वर्षा नरोकिदा समयमै किसान खेतमा पस्न सकेनन् । जसले गर्दा दसैंमा किसानलाई धान काट्न भ्याईनभ्याई छ । ‘यस वर्ष केही ढिला सम्म मनसुन सक्रिय भएपछि किसान धान काट्न हतारिएनन्,’ कैलालीको गोदावरी नगरपालिका–५ का किसान रामदाश रानाले भन्नुभयो, ‘असोज तेस्रो सातापछि मात्रै किसान खेतमा धान काट्न निस्केका छन्, त्यसैले यस वर्ष किसानको दसैं खेतमै होला जस्तो छ।’

एक दिन रमाएर वर्ष भरी भोकै बस्नुभन्दा खेतमै रमाउनु उचित हुने धनगढी–१२ का किसान केशव उपाध्याय बताउँछन् । ‘हुनत दसैं पनि वर्षमा एकपटक मात्रै आउँछ,’ उपाध्याय भन्छन्, ुदसैं पनि मनाउनु पर्दछ, तर बालीलाई बिर्सेर दसैं मनाउन मनले मान्दैन, वर्ष भरी चाहिने अन्न नभित्र्याई कसरी दसैं मनाउनु ?’

कैलालीका किसान यतिवेला धान भित्र्याउ व्यवस्त बनेका भन्दै उनले कसैले धान भित्र्याई सकेका र केही भित्र्याउने तयारीमा रहेका बताउनुभयो । ‘तर धान भित्र्याएका किसान पनि खेतभन्दा टाढा गएर रमाउन सक्दैनन्,’ उहाँले भने, ‘सहकार्यमा गरिने खेतीमा सबैको काम नसकिए सम्म कोही फुसर्दिला हुँदैनन् ।’

खेतमा धान पाकेर तयार भइसकेकाले काटेर भित्र्याउन थालेको धनगढी–१० घुइयाघाटका रामप्रसाद रानाले बताउनुभयो । ‘पाकेको धान काटेर भित्र्याउन थालेका छौँ,’ उहाँले भन्नुभयो, ‘गाउँतिर सबै धान भित्र्याउन ब्यस्त छन् ।’

कैलालीमा धान काट्ने आधुनिक मेसिन भित्रिए पनि सबै किसान त्यसको पहुँचमा अझै छैनन् । धान काटेर मेसिनले धान छान्ने काम मात्रै यहाँका किसानले गर्दै आएका छन् । तर धान काट्ने र धान रोप्ने काममा भने अझै परम्परागत तरिका अपनाइने गरिएको छ ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा यस वर्ष ७० हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ । वर्षा समयमै भएका कारण यस वर्ष कैलालीमा ७२ हजार हेक्टर क्षेत्रफल जमिनमा धान रोपिएको ज्ञान केन्द्रको तथ्यांक छ । कैलालीमा करिब ५५ प्रतिशत जमिनमा वर्षभरी नै सिंचाइको सुविधा छ ।
यो वर्ष आवश्यकता अनुसार पानी परेकाले धान खेती राम्रो भएको किसानले बताएका छन् । खेती राम्रो भएकाले उत्पादन पनि बढ्ने अपेक्षा गरेको धनगढी–३ का किसान सोनु रानाले बताउनुभयो ।

वि.सं.२०७८ असोज २६ मंगलवार ११:४६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...