back
NMB ad

व्यस्त बन्दै भक्तपुरका प्रजापति समुदायको दैनिकी

Kumari bank ad

भक्तपुर । उमेरले सात दशक नाघेकी कृष्णमाया प्रजापतिको दैनिकी बिहान पाँच बजेदेखि नै सुरु हुन्छ । उनको अनुहारका छालामा स्पष्ट चाउरिएको धर्साधर्सा देखिन्छ । शरीरले बुर्ढौली संकेत गरे पनि उनको जोश र जाँगरमा कुनै कमि देखिदैँन । भन्छिन, ‘बिहान ५ बजेदेखि नै मेरो दैनिकी सुरु हुन्छ । अनि राति ९ बजेसम्म उस्तै । शरीरले आरामा कुन बेला पाउने टुंगो छैन ।’

प्रजापति भक्तपुर नगरपालिकाको पोटरी स्क्वायरमा माटोको भाँडा बनाउने काम गर्छिन् । १५ वर्षको उमेरदेखि नै सुरु गरेका उनले सो पेसामा करिब पाँच दशकको समय व्यतित गरिसकेकी छिन् । समय परिवर्तन भए । संस्कृति मान्ने तरिका परिवर्तन भए । तर, उनको जीवनशैलीमा भने कुनै परिवर्तन दैखिँदैन ।
‘हरेक दिन बिहान ५ बजे उठेर राति ९ बजेसम्ममा घरको काम सकाउँछु । अनि खाना बस्छु,’ उनी भन्छिन्, ‘हाम्रो काम भाँडा सुकाउने, रंङ लगाउने, भित्र राख्ने अनि भाँडाको बनावट मिलाउने हो ।’

मौसम अनुसार भाँडा सुकाउने नसुकाउने निर्धारण हुने उनी बताउँछिन् । ‘घाम लागे भाँडाकुडा सुकाउने र नलागे यतिकै राख्छौँ ,’ उनले भनिन्, ’पानी प¥यो भने भाँडा भित्र्याउन पनि भ्याइँदैन । पानीबाट बचाउन नसके भाँडा बिग्रिहाल्छ ।’

दसैँतिहार लगायत चाडपर्व नजिक आउन थालेसँगै काम गर्न भ्याइनभ्याइ हुने उनी सुनाउछिन् । ‘दसैँतिहारका बेला काम अलि बढी हुन्छ । अर्डर धेरै आउँछ । अर्डर पूरा गर्नको लागि भए पनि सधैँ काम गर्नुपर्छ,’ उनले सुनाइन् ।

उनीसँगै परिवारका चारजना सदस्य माटाको भाँडा बनाउन व्यस्त हुन्छन् । केटा मान्छे माटो मुछ्ने, पेल्ने, भाँडा बनाउने लगायतको काम गर्ने र केटी मान्छे बनाएका ती भाँडाको आकार मिलाउने, सुकाउने, रंङ लगाउने उनी बताउँछिन् ।

आफ्नो पुख्र्यौली पेसा भनेको माटोका भाँडा बनाउने र मुलुकको विभिन्न स्थानमा बिक्री गर्ने भएकोले सानैदेखि सोही काम गर्न थालेको उनी सुनाउँछिन् । ‘बरु पहिला पहिला दसैँमा मात्र ७ सय वटाभन्दा बढी भाँडाकुडा बेच्ने गरेका थियौँ । तर, अहिले मुस्किलले दुई सयवटा विक्री हुन्छ,’ उनी भन्छिन्, ’दसैँमा जमरा हाल्न, भगवानलाई जलपानी चढाउन, जाँड राख्न, बत्ती दिन माटाको भाँडा अनिवार्य थियो । तर, अहिले प्लास्टिकको भाँडा वा अन्य भाँडाको प्रयोग बढेको छ । त्यसैले हाम्रो सामान धेरै बिक्री हुन्न ।’

हिजोआज भाँडा बनाउने कालोमाटो भेटाउनसमेत समस्या रहेको गुनासो प्रजापति समुदायको छ । ’पहिलेपहिले सूर्यविनायकबाट माटो ल्याउँथ्यौँ । जग्गा सम्याउने र इँटाभटाले गर्दा कालोमाटी नै पाइदैँन,’ स्थानीय कृष्णचन्द्र प्रजापतिले भने, ’सानो गाडीमा ९ हजार रुपैँया तिरेर ल्याउनुपर्छ । त्यो पनि माटो पाउनै गाह्रो ।’

भक्तपुरमा उत्पादन भएका माटाका भाँडा उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा र विदेशमा समेत बिक्री हुने उनीहरू बताउँछन् । पहिले दुई सय परिवारले माटोका भाँडा बनाउने सो क्षेत्रमा भूकम्प गएपछि हाल एक सय ५० वटा परिवारले मात्रै काम गर्दै आएका छन् ।

भूकम्प गएपछि त्यहाँका स्थानीय लिवाली, सूर्यविनायक, खरिपाटी, देकोचा लगायत विभिन्न स्थानमा बसाई सरी सो पेशा गर्दै आएका छन् ।

वि.सं.२०७८ असोज २६ मंगलवार १४:३८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...