back
NMB ad

यी हुन् दसैं अघि लाभांश घोषणा गरेका डेढ दर्जन माइक्रोफाइनान्स कम्पनी, कुनको कति ?

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका माइक्रोफाइनान्स मध्ये दसैं अगाडि नै १८ वटाले लगानीकर्तालाई लाभांशको घोषणा गरेका छन् । केही कम्पनीको लाभांशले लगानीकर्तालाई उत्साहित बनाएको छ भने केहीको लाभांशले निरास पनि बनाएको छ ।

अहिलेसम्म लाभांश घोषणा गरेका १८ वटा माइक्रोफाइनान्स कम्पनीमा सबैभन्दा बढी लाभांश सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ४५ प्रतिशत बोनस र नगद ५ प्रतिशत रहेको छ । महिलापछि बढी लाभांश दिने कम्पनीमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले ३४ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ३२.३ र नगद १.७ प्रतिशत दिने भएको छ ।

यता सबैको लघुवित्त वित्तीय संस्थाले ३२.६८ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ३१.०५ प्रतिशत र १.६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

संस्थाहरुले प्रकाशित गरेको सूचना अनुसार २० प्रतिशत भन्दा बढी लाभांश दिने कम्पनीहरुमा १० वटा रहेका छन् । स्वाभिमान, ग्लोबल आईएमई, मेरो माइक्रोफाइनान्स, आशा लघुवित्त, लक्ष्मी लघुवित्त, सिभिल लघुवित्त, साधना लघुवित्त, स्वरोजगार लघुवित्त, डिप्रोक्स लघुवित्त, मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्थाले २० देखी ३० प्रतिशतको बीचमा लाभांश दिने भएका छन् ।

२० प्रतिशत भन्दा कम लाभांश दिनेमा गुँरास लघुवित्त वित्तीय संस्था, फस्ट माइक्रोफाइनान्स, आरएसडिसी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था रहेको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ५.४१ प्रतिशत नगद लाभांश मात्रै दिने प्रस्ताव गरेको छ । आईएनआईसीले बोनस भने नदिने भएको छ ।

यी कम्पनीहरुले लाभांश घोषणा गरेपनि नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर सम्बन्धित कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरुले उक्त लाभांश पाउने छन् ।

वि.सं.२०७८ असोज २६ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...