back
NMB ad

जुम्लाको घोडादौड प्रतियोगिता : मनसुर बोहोराको घोडा प्रथम

Kumari bank ad

जुम्ला । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौरका मनसुर बोहोराको घोडा प्रथम भएको छ भने गडीगाउँका हरि बस्नेतको घोडा द्धितिय भएको छ । गुठीचौर–२ कै लक्ष्मी बहोरोको घोडा तृतिय भएको छ । प्रतियोगिताको आयोजना कर्णाली स्पोर्टस् क्लब जुम्लाले गरेको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हाजार, तीन हजार र दुई हजार नगद र मेडल दिइएको थियो। घोडादौड परापूर्व कालमा जुम्ली घोडाको महिमाको रुपमा रहिआएको स्थानीयको भनाइ छ ।

अहिले लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने, ‘यसको इतिहास, ठ्याक्कै थाहा छैन । तर यसअघि जुम्ला एयरपोर्ट पिच हुनु भन्दा अगाडी एयरर्पोटमै घोडा दौड हुन्थ्यो ।’ एयरपोर्ट पिज भएपछि घोडा दौड हुन छोडेको अध्यक्ष शाहीको भनाइ छ । लामो समय बन्द भएको प्रतियोगिता पुनः सुरु भएको हो । चन्दनाथ नगरपालिका–८ का जयकृष्ण धरालाका अनुसार कुनै बेला जुम्ली घोडाको माग देशभर नै थियो । जुम्लामा गाडी नपुन्जेलसम्म समान ढुवानीको माध्यम घोडा मात्रै थियो । उनले भने, ‘परम्परागत यातायातका साधन घोडा नै थिए। तर अब जुम्ली घोडा लोप हुने स्थितिमा छ।’ केही वर्षदेखि यहाँ फुलपातीका दिन घोडा दौड प्रतियोगिता हुँदै आएको छ । यो वर्ष प्रतियोगितामा जिल्लाभरका बीस वटा घोडा सहभागी थिए ।

प्रतियोगिता तीनवटा बिधामा बिभाजन गरिएको थियो । घोडाको पालनपोष्ण, कदम वा चाल र खुल्ला दौडप्रतियोगिता गरिएको हो । यस्तै घोडा पालनतर्फ पातारासीका एकराज थापा प्रथम, चन्दननाथका कालीबहादुर बुढ्थापा द्धितिय र गुठीचौरका कालीबहादुर रावत तितृय भएका छन् । यस्तै चाल वा कदमतर्फ बिर्खबहादुर भण्डारी प्रथम, कालीबहादुर बुढा द्धितिय र विकास ऐडी तृतिय भएका छन् ।

 

वि.सं.२०७८ असोज २६ मंगलवार १६:२५ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...