back
Mega Long Ad

थारुहट रंगशालामा ओपन जिम सन्चालन

उदयपुर । उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशालामा खुला जिम (ओपन) सन्चालन गरिएको छ । त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरी तथा उपप्रमुख देवीकुमारी चौधरीले मंगलबार जिमको संयुक्त उद्घाटन गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक रहेको बताउँदै प्रत्येक वडामा यस्ता स्थल सन्चालन गर्ने तयारीमा भइरहेको जानकारी दिए । उनले त्रियुगा नगरको नारालाई पुरा गर्न ओपन जिमले थप सहयोग पुगेको बताए ।

जिमका लागि आवश्यक सम्पूर्ण साधनलाई खुल्ला स्थानमै जडान गरी ओपन जिमको सुरुवात गरिएको त्रियुगा नगरपालिका युवा तथा खेलकुद विकास समिति उदयपुरका अध्यक्ष प्रदिप श्रेष्ठले बताए । अब यसलाई थप सुरक्षित गर्न घेराबेरालाई प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले जनाए । खुल्ला जिम सेन्टरमा ११ प्रकारका सामग्री जडान गरिएको र एकैपटक १४ जनाले अभ्यास गर्न सक्छन् । त्रियुगा नगरपालिकाको १५ लाख रुपैयाँको सहयोगमा जिम सेन्टर सञ्चालनमा ल्याएको हो ।

वि.सं.२०७८ असोज २६ मंगलवार १६:३३ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...