back
NMB ad

रुपन्देहीको मोतिपुरमा लगाइएको कर्फ्यू आज रातिबाट हट्ने

Kumari bank ad

बुटवल । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा लगाइएको कर्फ्यू मंगलबार रातिबाट हट्ने भएको छ । झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले गत आइतबार अपरान्ह ४ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेको थियो ।

स्थिति सहज हुँदै गएपछि मंगलबार राति १२ बजेदेखि कर्फ्यू हटाउन लागिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ । प्रशासनले पूर्वतर्फ बुटवल(१७ शिवनगरदेखि सौरहिया पुल तथा पश्चिमतर्फ हरिहरपुर, रानीगञ्ज बस्ती तथा वडा नं १८ को औद्योगिक करिडोरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रहरीले औद्योगिक क्षेत्रमा बनाइएका टहरा हटाउने क्रममा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएपछि आइतबार दिनभर सो क्षेत्रको स्थिति तनावपूर्ण बनेको थियो । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले रातिको समयमा टहरा भत्काइदिँदै आएको थियो । तर त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो ।

यसैबीच घटनाको सन्दर्भमा जिल्लास्थित सबै राजनीतिक दलहरु सहभागी समन्वयात्मक बैठकले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ । मृतकका परिवारलाई किरिया खर्चवापत नेपाल सरकारका तर्फबाट ५० हजार र राहतस्वरुप ५ लाख तथा लुम्बिनी प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउन सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीले जानकारी दिए ।

वि.सं.२०७८ असोज २६ मंगलवार १८:२० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...