back
NMB ad

देहिमाडौं जात्रामा साढे तीन सय रांगा र १५ सय बोकाको बलि

Kumari bank ad

बैतडी। बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीमा रांगा बोकाको बलिसहित सम्पन्न हुने गर्दछ ।

जात्रामा करिब साढे ३ सय रांगाको बलि दिइएको छ । २४६ रांगा समितिमा दर्ता गरिएको र सय बढी रांगा थप आएको हुनसक्ने जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

यसैगरि घटस्थापनादेखि अष्टमीसम्म १ हजार ५ सय बढी बोकाको बलि दिइएको छ । गत बर्ष कोरोनाको प्रकोपका कारण सम्पन्न हुन नसकेको जात्रा यसपालि भने कोरोना महामारीको प्रकोप कम भएकाले धुमधामसँग लागेको छ ।

 

 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका-२ को कार्यालय देहीमाडौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।

जात्रालाई मर्यादित र व्यवस्थित बनाउनका लागि घटस्थापनादेखि नै देहीमाडौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताए । वडा कार्यालयको निर्णयको कसैले उल्लंघन गरेमा कानुनअनुसार कारवाही हुने बताइएको छ ।

 

 

यस्तै स्थानीय प्रशासनले पनि जात्रा तथा मेला मनाउँदा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम कसैले गरेमा कारवाही हुने बताएको छ ।

वि.सं.२०७८ असोज २८ बिहीवार ०८:४७ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...