back
NMB ad

श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नताः अध्ययन

Kumari bank ad

नया दिल्ली। श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता देखिएको छ । विश्व्यापी रुपमा गरिएको एउटा बृहत अध्ययनले यस्तो देखाएको हो । चार दशक अर्थात सन् १९७३ देखि सन् २०१६ सम्म ४५ देशका दम्पत्तिमा गरिएका सो अध्ययनमा श्रीमानको तुलनामा श्रीमतीले थोरै आय आर्जन गर्ने देखाइएको हो ।

 

 

वेंग्लोरस्थित सेन्टर फर पब्लिक पोलिसीका प्राध्यापक हेमा स्वामीनाथन र प्राध्यापक दीपक मलघानले विभिन्न देशका १८ देखि ६५ वर्ष उमेर समूहका २८ लाख ५० हजार मानिसको अध्ययन गरेका थिए ।

गैर नाफामुखी संस्था लक्जम्वर्ग इन्कम स्टडी ९एलआईएस० ले तथ्यांक संकलन गरेको थियो । परम्परागत गरिबीलाई अनुमान गरेर गृहस्थीलाई इकाइमा गणना गरिएको थियो ।

‘गृहस्थीभित्र दम्पत्तिलले कमाएको आम्दानी समान वितरण गरिएको मानिन्छ । तर, सबैभन्दा ठूलो असमानता हुने स्थान गृहस्थी जीवन हो’, प्राध्यापक स्वामीले भने ।

 

 

प्रतिवदेनले गृहस्थीलाई एउटा ब्ल्याक बक्सको रुपमा ब्याख्या गरेको छ ।

भारतको श्रम क्षेत्रमा लैंगिक बिभेद छ । सामान्यतया कार्यक्षेत्रमा महिलाको संख्या न्युन छ । त्यस्तै फूलटाइम काम गर्ने महिलाको संख्या पनि नगण्य छ ।

अनुसन्धानकर्ताहरुका अनुसार विश्वभर धनी वा गरिब सबै गृहस्थीमा लैंगिक असमानता छ । पुरुषले जत्तिकै कमाउने महिलाको हकमा पनि यस्तो असमानता देखिएको उनीहरुको निस्कर्ष छ ।

वि.सं.२०७८ असोज २८ बिहीवार ०९:०५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...