back
NMB ad

दक्षिण कोरियाबाट फर्केर माछा पालन

Kumari bank ad

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४ वर्ष विदेशी भूमि दक्षिण कोरियामा बिताए ।

कामदारको रूपमा कोरिया पुगेका पुनले कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा कोरिया बसाइले सिकायो । मेसिनको गतिमा हुने काम, काम प्रतिको लगाव, मेहनत र श्रम प्रतिको सम्मानबारे गतिलो भोगाई र सिकाई भयो ।

१४ वर्ष कोरियामा श्रम गरेर फर्किएका पुनले नेपाल फर्केर माछा पाल्न थालेका छन् । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गा भाडामा लिएर माछा तथा कृषी फर्म सञ्चालन गरेका हुन । ६० वर्षीय पुनको दिनचार्य कृषिफर्ममा बित्ने गरेको छ ।

करिब ४५ लाख रुपैयाँ लगानी गरेर फर्म सञ्चालन गरेको पुनले जानकारी दिए । फर्म सञ्चालनको सुरुवात समुहगत रूपमा भए पनि अहिले एक्लै थाम्नु भएको । विगत चार बर्षदेखि फर्म सञ्चालनमा छ ।

तीनवटा माछा पोखरीमा ग्रास, काव कमन, सिल्भर काव गरी पाँच किसिमका माछा पालेका छन् । निषेधाज्ञाको समयमा ५० हजार भुरा माछा पोखरीमा हालेको पुनले बताए । ‘माछा उत्पादन राम्रो थियो’, उनले भने, ‘बजार उकालो लाग्ने बेला कोरोनाले असर गर्‍यो ।’

परिवारका अन्य सदस्यलाई आफ्नै देशमा उद्यमी बन्न प्रेरणा दिने लक्ष्यका साथ कृषी कर्मका लागेको पुनले बताए । मासिक ५० हजारको माछा बिक्री हुन्छ । ‘विदेशको दुःख जे भोग्नु मैले भोगे’, उनले भने, ‘अब कामको लागी कुनै पनि सदस्य विदेश जानु नपरोस् भन्ने उद्देश्य छ ।’

पुनले स्थानीय जातको कुखुरा, बट्टाई चरा, हाँससमेत व्यावसायिक रूपमा पालेका छन् । कालीगण्डकी किनारमा रहेको कृषि फर्ममा आफ्नो उत्पादनको बजारीकरण गर्न रिसोर्ट सञ्चालनको तयारी गरेको उनले बताए । माछा पारखीहरू फर्ममै किन्न जाने गर्छन ।

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५ मा प्रकाशित

You can share this post!

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...