back
NMB ad

देशभरको बाढीपहिरोको अनुगमन गरेर सरकारले थप राहतको व्यवस्था गर्छ : प्रधानमन्त्री देउवा

Kumari bank ad

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले लगातारको वर्षाका कारण भएको क्षतिको अनुगमनपछि राहत दिने बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नागरिकको जनधनको क्षतिको अनुगमनपछि थप राहत दिने बताए ।

सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रमा अनुगमनका लागि हिँडेका प्रधानमन्त्री देउवाले सुर्खेत विमानस्थल करिब आधा घन्टा बिताएका थिए ।

प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलगायत विभागीय मन्त्रीहरूसँग समेत छलफल गरेका थिए । बिहीबार बिहान ८ः२० मा उनी काठमाडौंबाट सुर्खेत आइपुगेका थिए ।

प्रधानमन्त्री कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न आएका हुन् । सुर्खेत विमानस्थलमा हेलिकप्टरले फ्युल भरेपछि उनी डोटीको दिपायल लागेका छन् । नेपाली सेनासँग बाढीपीडितको अवस्था बिफ्रिङ सुनेर उनी बझाङ थलाराको स्थलगत अवलोकन गरे ।
प्रधानमन्त्रीले बझाङ चैनपुर सैनिक ब्यारेकमा ब्रिफिङ, ढुंगाड बाढीपहिरो पीडित क्षेत्रको स्थलगत अवलोकन र डडेल्धुराको दहस्थित सैनिक ब्यारेकमा लन्च खाने कार्यक्रम छ ।

दह ब्यारेकमा खाना खाएर प्रधानमन्त्री देउवा डडेल्धुराको जोगबुढामा बाढीको स्थलगत अवलोकन गर्ने, त्यहाँबाट कन्चनपुरको महेन्द्रनगर सैनिक ब्यारेकमा पुग्ने कार्यक्रम छ । कन्चनपुरमा रहँदा ब्रहमदेव र चाँदनी दोधाराको स्थलगत अवलोकन गर्ने छन् ।

आज बेलुका उनी कैलालीको धनगढीको डिभोटीमा बास बस्ने छन् । प्रधानमन्त्री देउवा भोलि मात्र काठमाडौं फर्किने छन् ।

वि.सं.२०७८ कात्तिक ४ बिहीवार ११:४८ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...