back
NMB ad

दुई अर्ब ५० करोड मूल्यको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिने

Kumari bank ad

रुपन्देही । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ ।

लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्ध मूर्ति ल्याइएको हो । दुई अर्ब ५० करोड मूल्यभन्दा बढीको बुद्ध मूर्ति भैरहवा भन्सार कार्यालयमा आइपुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए ।

म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । मूर्तिलाई १४ कातिकमा राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरीले बताए ।

अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरी मूर्ति भित्र्याइएको हो । वाइडजेड स्टोनबाट बनेको बुद्ध मूर्ति १८ सय केजीको छ ।

मूर्ति लोटस, फलावरसहित १ दशमलब ९ मिटर अग्लो, ६० सेन्टिमिटर चौडाइ र १ मिटर मोटाइ छ । मूर्तिलाई भैरहवा लुम्बिनी परिक्रमा गरी गौतमबुद्ध विमानस्थल परिसरमा लगेर राखीने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए ।

म्यानमारमा पाइने बहुमूल्य ढुंगाको अन्तर्राष्ट्रिय बजारमा एक ग्रामको एक हजार २०० हङकङ डलर पर्ने फाउण्डेसनले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १३:२५ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...