काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुष्कर राज जोशी नियुक्त हुनुभएको छ ।
कम्पनीको कात्तिक ५ गते बसेको संचालक समितिको २२१ औँ बैठकको निर्णय अनुसार जोशीलाई सिईओमा नियुक्त गरिएको हो ।
पुचौंडी नगरपालिका–१ बैतडी स्थायी ठेगाना भएका जोशीलाई ४ वर्ष कार्यकालका लागि नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक ७ आइतवार १०:३८ मा प्रकाशित