back
NMB ad

टाउकोको मूल्य ५० लाख डलर तोकेका कोलम्बियाली तस्कर पक्राउ

Kumari bank ad

एजेन्सी । कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई फौज र प्रहरीको संयुक्त कारबाहीमा ओटोनियल भनिने डेरो एन्टोनियो युसुगा पक्राउ परेका हुन् ।

ओटोनियलका बारेमा सूचना दिने व्यक्तिलाई कोलम्बियाले आठ लाख अमेरिकी डलर घोषणा गरेको थियो । त्यस्तै, अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख अमेरिकी डलर तोकेको थियो । एउटा टेलिभिजन अन्तर्वार्तामा कोलम्बियाका राष्ट्रपति इभान ड्युकले उनको पक्राउबाट आफू खुसी भएको बताए । ‘उनको पक्राउले देशमा लागूऔषध तस्करलाई ठूलो झड्का दिएको छ,’ उनले भने ।

ओटोनियल उत्तरपश्चिम प्रान्तको एउटा ग्रामीण क्षेत्रबाट पक्राउ परेका थिए । उनी लुकेको क्षेत्र पानामासँगको सीमा जोडिएको छ ।

उनीविरुद्धको कारबाहीमा एक प्रहरी अधिकारी मारिएको जनाइएको छ । ओटोनियललाई हथकडी लगाएर सुरक्षा प्रदान गरेको एउटा तस्विर कोलम्बियाली सेनाको फौजले सार्वजनिक गरेको छ । ५० वर्षीय ओटोनियललाई पक्राउ गर्न त्यहाँको सेनाले अनेकौं ठूला कारबाही चलाएको थियो ।

 

 

वि.सं.२०७८ कात्तिक ७ आइतवार १३:३९ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...