back
NMB ad

सेवा प्रवाहमा दुर्गमले उछिन्यो सुगमलाई

Kumari bank ad

जाजरकोट । बारेकोट गाउँपाललिले सेवा प्रवाहमा जाजरकोटका सबै स्थानीय तहलाई उछिनेको छ । ६ वटा स्थानीय तहलाई पछि पार्दै बारेकोट एक नम्बरमा आएको हो ।

स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाइ गरिएको समीक्षामा अन्य पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ वटा सूचकलाई आधार बनाइ समीक्षा गरेकोमा बारेकोटले सयमा ६१.९२ अङ्क ल्याएको छ । यस्तै भेरी नगरपालिकाले दोस्रो र नलगाड नगरपालिका तेस्रोे स्थानमा रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनीचाँदे गाउँपालिकाको सेवा प्रवाह भने निकै कमजोर देखिएको छ । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोट गाउँपालिकाका सबै ठाउँमा सडक पुगेको छैन । तर पनि सुरक्षित सुत्केरी गराउने दर अन्य पालिकाभन्दा बढी छ । जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिका दोस्रो स्थानमा आउँदा यहाँको सेवा प्रवाह कमजोर देखिएको तथ्याङ्कले पुष्टि गरेको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने नलगाड नगरपालिका तेस्रोमा छ । नलगाडले अघिल्लो वर्षको भन्दा सेवा प्रवाह खराब गरेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

 

वि.सं.२०७८ कात्तिक ७ आइतवार १४:१८ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...