back
NMB ad

८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने महानगरको लक्ष्य

सेवाग्राहीहरु पैसा तिरेर निजी क्लिनिकमा जाँदा मेयर शाक्य चिन्तित

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार र सोमबार आफ्नो क्षेत्रका करीब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरले यो लक्ष्य राखेको हो । आइतबार वडा २१ क्लिनिकमा गएर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रम सुरु गर्नुभयो । महानगरले २७९ वुथबाट कार्यक्रम चलाउन ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेको छ ।

शाक्यले महानगरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । ‘हामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिइरहेका छौँ । तर कतिपय सेवाग्राहीहरु पैसा तिरेर निजी क्लिनिकमा गइरहनुभएको छ । गएको बर्ष हामीले वितरणका लागि तयार पारेको सबै औषधि वितरण भएन । हामी निःशुल्क सेवा दिन्छौँ भन्दा नागरिक किन निजीतिर आकर्षित हुनुहुन्छ ? हामीले हाम्रो सेवाको समीक्षा गर्नुपर्छ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘हाम्रो स्वास्थ्य सेवामा नागरिकको आकर्षण बढाउनुपर्छ ।’

महानगरकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार २०७८ बैशाख ६ र ७ गते सञ्चालन गरिएको कार्यक्रममा ६ महिनादेखि १ बर्षसम्मका ५ हजार ९९५ जना र १ बर्षदेखि ५ बर्षसम्मका ५३ हजार ५४३ गरी जम्मा ५९ हजार ५३८ जनालाई भिटामिन ए क्याप्सुल दिइएको थियो । त्यसै गरी ३ सय जना सुत्केरीलाई भिटामिन ए क्याप्सुल दिइएको थियो । त्यसै गरी ५३ हजार ८०३ जनालाई जुकाको औषधि दिइएको थियो ।

महानगरले हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ । रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई भिटामिन ए पाइने र घरमै पाइने खाद्यबस्तुका बारेमा जानकारी दिने गरिएको छ । कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।

वि.सं.२०७८ कात्तिक ७ आइतवार १५:५३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...