back
NMB ad

भक्तपुरको नौ सय वर्ष पुरानो पोखरी नासिने डर

Kumari bank ad

भक्तपुर । वरिपरि ठडिएका ठूल्ठूला भवन । बीचमा पोखरीभरि उम्रिएका झार । पोखरीकै संरक्षणको लागि घेरिएको तारबार ।

यो भक्तपुरको मध्यपुर थिमिको स्वँगुगा पुखुको दृश्य हो । मध्यपुर थिमि नगरपालिकाको यो पोखरीले ऐतिहासिक महत्व बोकेको छ । तर स्थानीयबीच पोखरी पुनर्निर्माणको विषयमा उत्पन्न भएको विवादले पोखरीभरि झार र घाँसले भरिभराउ भएको छ ।

नौ सय वर्ष पुरानो यो पोखरी मध्यपुरका तीन गाउँले बनाएको स्थानीय बताउँछन् । बोडे, थिमि र नगदेशका स्थानीय मिलेर पोखरीको निर्माण गरेको स्थानीय बुढापाखा बताउँछन् । ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको यस स्वँगुःगामा तत्कालीन समयमा बच्चाहरूको रुन्चे भगाउनलगायत विभिन्न विरामीहरूलाई औषधिको रूपमा पोखरीको पानी प्रयोग गरिने स्थानीय लक्ष्मी प्रजापतिले बताइन् । तर पोखरीमा पानी सुकेपछि पोखरीमा झार र घाँसले भरिएको गुनासो उनको छ ।

सुरुमा पोखरी मात्रै रहेको सो क्षेत्रमा २०३२ सालमा वडा भवन निर्माण गरिएको र २०५२ सालको माओवादी द्वन्द्वमा सो भवनमा बम प्रहार भएको स्थानीय श्यामकृणि चक्रधरले बताए । उनले बाँकी भएको केही अवशेष २०७२ सालको भूकम्पले पुरिएको जानकारी दिए । ‘पोखरी संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजनसमेत गरिसकेको छ । तर पालिकाले पोखरीमाथि भवन बनाउने भएपछि हामीले पोखरी पुनर्निर्माणमा रोक लगाएका हौँ,’ उनले भने ।

पोखरीमाथि भवन बनेपछि पोखरीको स्वरूप आउन नसक्ने र त्यसको मौलिक अस्तित्व हराउन सक्ने भएकाले पोखरी पुनर्निर्माणमा विवाद आएको उनले बताए । ‘पोखरीको संरक्षणका लागि वरिपर तारबार लगाइएको छ । समयसमयमा झारपात निकाल्ने र सरसफाइसमेत गर्दै आएका छौँ । यसका लागि संरक्षण समितिसमेत गठन गरिएको छ,’ उनले भने ।

पोखरी पुनर्निर्माणका लागि साढे दुई वर्ष अगाडि नै नगरपालिकाले बजेट विनियोजन गरी शिलान्यास गरे पनि पोखरी संरक्षण हुन नसकेको नगरपालिकाको भनाइ छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार मौलिक शैलीमा पोखरीमाथि वडा भवन बन्ने गरी साढे दुई करोड बजेट विनियोजन गरिसकेको छ ।

‘स्थानीय पोखरीमा भवन बनाउने र नबनाउने भन्ने दुई पक्षमा विभाजन भए । सो विवाद अझसम्म टुंगो लाग्न सकेको छैन,’ उनले थपे, ‘पोखरी निर्माण हुन नसक्दा वडा नम्बर ६ को वडा कार्यालय भवनसमेत बन्न सकेको छैन । साँघुरो भाडाको भवनबाट सेवा विस्तार भइरहेको छ ।’

आफूलाई याद भएदेखि नै पोखरीमाथि भवन भएकाले सोहीअनुरूप पुनर्निर्माण गर्न लागिएको उनले बताए । ‘हामीले पोखरीमा भवन देखेका थियौँ । तल बच्चाहरू पौडी खेलिरहेका हुन्थ्ये,’ उनले भने, ‘पोखरीको स्वरूप नबिग्रने गरी पुनर्निर्माण गर्न खोजेका हौं । विवादले सकेनौँ । विवाद सकिनेबित्तिकै पुनर्निर्माण सुरु गर्नेछौँ ।’

वि.सं.२०७८ कात्तिक ८ सोमवार १२:१६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...