काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात मंगलबार अन्तिम दिन रहेको छ ।
कम्पनीले कात्तिक १० गते बुक क्लोज गर्ने लागेकाले कात्तिक ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १८.५० प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक २३ गते साधारण सभा आयोजना गरेको छ ।
वि.सं.२०७८ कात्तिक ८ सोमवार १२:२७ मा प्रकाशित