back
NMB ad

राष्ट्र बैंकले तीन वटा बैंकलाई गर्यो कारबाही, कति तिरे हर्जना ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकका अनुसार २ वटा बैंकलाई प्रथम पटक र एक बैंकलाई दुई पटक कारबाही गरेको छ ।

कारबाही परेका बैंकमा नेपाल बंगलादेश बैंक, प्रभु बैंकलाई पहिलो पटक र हिमालयन बैंकलाई दुई पटक कारबाही गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७–०७८ चौथो त्रयमाससम्ममा इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंकले आफ्नो कुल निक्षेपको ३ प्रतिशत रकम निक्षेपको रुपमा राष्ट्र बैंकमा राख्नुपर्ने हो । अनुगमनको क्रममा कुनै अवधिमा त्यो रकम नपुर्याएको पाएपछि उक्त कारबाही भएको हो ।

राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ ४२ पैसा, प्रभु बैंकलाई ३५ हजार ६९५ रुपैयाँ १२ पैसा, नगद जरिवाना गराएको छ । यस्तै हिमालयन बैंकलाई पटक पटक गरेर ३० हजार २१ रुपैयाँ ४ पैसा जरिवाना गरेको छ । सबै बैंकलाई ९६ हजार ४० रुपैयाँ ५८ पैसा जरिवाना गरेको छ ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...