काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यो समाचार तयार गर्ने बेलासम्म वेष्ट फाइनान्स, राधी विद्युत र यूनियन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
यी कम्पनीसहित नेपाल हाइड्रोको ९.६९ प्रतिशत, श्री इन्भेष्टमेन्टको ९.१७ प्रतिशत, प्रोग्रेसिभको ८.७८, शिवश्री हाइड्रोपावरको ८.७७, सेन्ट्रल फाइनान्सको ८.६५ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।
यस्तै, अरुण भ्याली हाइड्रोपावरको ८.३० प्रतिशत, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ८.१७ प्रतिशत र सिनर्जी पावरको ८.०८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिकित्ता कुनको कति पुग्यो ?
वि.सं.२०७८ कात्तिक ८ सोमवार १३:३७ मा प्रकाशित