back
NMB ad

एक घर एक धारा कार्यक्रम सञ्चालन

Kumari bank ad

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका– ६ मामाङ्खेमा एक घर एक धारा अभियान सञ्चालन हुने भएको छ । जिल्लाको एक दुर्गम गाउँ वा वडाको रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर एक धारा’ अभियान सञ्चालन हुने भएको हो ।

सिरिजङ्घा गाउँपालिकाले सवा एक करोड रुपैयाँभन्दा बढी बजेट लगानी गरेर मामाङ्खेमा एक घर एक धारा अभियान कार्यान्वयन गर्ने भएको छ । वडाको केही टोलमा उक्त अभियानअन्तर्गत खानेपानी सञ्चालनमा आइसकेको र बाँकी रहेको सुदाप तथा मिक्लादेन टोलमा प्रत्येक घरधुरीमा धारा जडान गर्नेगरी योजना अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ‘एक घर एक धारा’ अभियान कार्यान्वयन गर्नका लागि एक करोड २६ लाख रुपैयाँ बराबरको बजेट लागत अनुमान गरिएको छ । सोही लागत अनुमानअनुसार योजना सञ्चालनका लागि ठेक्का आह्वानको प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

सो खानेपानी योजनामा वडाको बजेट सिलिङबाट १५ लाख रुपियाँ विनियोजन भएको र बाँकी रकम गाउँपालिकाले बेहोर्नेगरी प्रक्रिया अघि बढाइएको उनले बताए ।

हालसम्म सडकको पहुँच नपुगेका मामाङ्खेलाई जिल्लाकै दुर्गम गाउँको रूपमा लिने गरिन्छ । अधिकांस अर्थात ९५ प्रतिशत बढी लिम्बू समुदायको बसोबास रहेको मामाङ्खेमा हालसम्म खानेपानीको दिगो योजना सञ्चालनमा नभएका कारण स्थानीयले समस्या खेप्दै आएका छन् ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १४:०० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...