back
Mega Long Ad

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा भदौ मसान्तमा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ लगानीमा भएको छ ।

भदौ मसान्तसम्ममा १ लाख २० हजार ७ सय १५ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब ८७ अर्ब १६ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५१ हजार २ सय ७२ ऋणीलाई प्रवाह भएको १ खर्ब २१ अर्ब ६ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ६६ हजार ६ सय ९० महिला उद्यमीलाई प्रवाह भएको ६२ अर्ब ३७ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ५३ ऋणीको ३ अर्ब ७३ करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ भदौ मसान्तसम्ममा १ अर्ब स्वीकृत भएको छ ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२० मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...