काठमाडौं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समितिले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०७८ कात्तिक ९ मंगलवार १०:१५ मा प्रकाशित