back
NMB ad

कोरोना महामारीबीच पनि अनमोल साकोसले कमायो ९४ लाख नाफा

Kumari bank ad

भक्तपुर । अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ९४ लाख २७ हजार रुपैँया नाफा कमाएको छ । संस्थाको १२ औं बार्षिक साधारण सभामा प्रकाशित प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १० करोड २६ लाख ६७ हजार आम्दानी गरेको छ । जसमध्ये ९ करोड ३२ लाख ३९ हजार खर्च भई ९४ लाख २७ हजार ६७७ रुपैयाँ ४७ पैसा मुनाफा गरेको हो ।

कोरोना महामारीको जोखिमको विषम परिस्थितिमा मध्यनजर संस्थाले कार्तिक ३ गतेदेखि १७ गतेसम्म कार्यालयमा नै साधारण सभा तथा निर्णय प्रमाणिकरण कार्यक्रम भईरहेको छ ।

संस्थाका अध्यक्ष बच्चुराम थापाले संस्थाको निहीत स्वार्थ र महत्वकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको भए पनि आफ्नो यो संस्था पनि त्यतातिर नलागी देशको आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको दावी गर्नुभयो ।

उहाँले संस्थाको आफ्नै निर्माणाधिन भवनमा निरन्तर काम भई रहेको बताउँदै यस आर्थिक वर्षभित्रै नयाँ भवनबाट कार्यालय संचालन हुने पनि जानकारी दिनुभयो ।

सोही अवसरमा सचिव राजु श्रेष्ठले आफ्नो कार्य क्षेत्रभित्र सबै सदस्यहरुलाई समान किसिमले व्यहार गरेकै कारण सदस्यहरुको संख्यामा वृद्धि भईरहेको बताउनुभयो ।

उहाँले सहकारी सिद्धान्त, ऐन, नियम, विनियम र आचार संहिताको पूर्ण पालना गर्दै छरिएर रहेको पूँजीलाई संकलन गर्दै आफ्ना सदस्यहरुका बीच उत्पादनमूलक, सिपमूलक, आयमूलक, व्यवसायमूलक र रोजगारमूलक क्षेत्रहरुमा लगानी गरी आर्थिक तथा सामाजिक रुपले सदस्यहरुको जीवनस्तर उकास्ने लक्ष्य रहेको बताउनुभयो ।

यस्तै, कोषाध्यक्ष तुलसादेवी थापा राईले आ.व. २०७७/७८ मा ३ करोड २१ लाख ३८ हजार रुपैयाँ सेयर, ८६ करोड १४ लाख २४ हजार रुपैयाँ बचत र ७४ करोड १९ लाख ९५ हजार रुपैयाँ लगानी भएको जानकारी गराउनुभयो ।

संस्थामा २ हजार ९७ महिला र २ हजार ९२ पुरुष गरी कूल ४ हजार ८८९ जना सदस्य रहेका छन् ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:३९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...