back
NMB ad

५० लाखको गाडी अब मासिक २९ हजारमा पाइने, एमएडब्लुले ल्यायो यस्तो सुविधा !

Kumari bank ad

काठमाडौं । अब मासिक २९ हजार रुपैयाँ किस्तामा स्कोडा कुशाक गाडी किन्न सकिने भएको छ ।

युरोपेली कार ब्रान्ड स्कोडाको नेपालीका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यस्तो सुविधा ल्याएको हो ।

कम्पनीले ५० प्रतिशत डाउनमेन्ट गरि ९ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने अफर ल्याएको छ । कम्पनीले स्कोडा कुशाक गाडी अब मासिक किस्ता पाइने व्यवस्थासहितको विशेष अफर ल्याएको हो ।

उक्त गाडी अब मासिक २९ हजार किस्तामा खरिद गर्न सकिनेछ । यसको ऋण अवधि भने ७ वर्षको हुने छ । कम्पनीका अनुसार उक्त योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुनेछैन ।

यसका साथै हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसोरिज, १ वर्षको निशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउन सकिने छ ।

कस्तो हो स्कोडा कुशाक गाडी ?

 

यो १.० लिटर टीएसआई पेट्रोल इन्जिद्वारा संचालित रहेको छ । ५० लिटर फ्यूल ट्याक क्षमता र अटोकेटिक ट्रान्समिशन र ६ स्पीड म्यानुअल रहेको छ ।

कम्पनीका अनुसार यो ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो रहेको छ । यसका साथै ह्विलबेस २६५१ एमएम र ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ ।

यो गाडीको बुट क्षमता ३८५ लिटर छ रहेको छ । यसको सिट क्षमता ५ रहेको छ ।

कति पर्छ मूल्य ?

स्कोडा कुशाकको मूल्य नेपाली बजारमा मूल्य ४९ लाख ९० हजारदेखि ६५ लाखसम्म निर्धारण गरिएको छ ।

जसमध्ये एक्टीभ एमटीको मूल्य ४९ लाख ९० हजार, एम्बीशन एमटीको ५३ लाख ९० हजार, एम्बीशन एटी ५८ लाख ९० हजार, स्टाईल एमटी ६० लाख ९० हजार र स्टाईल एटीको ६५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

यो गाडी नेपाली बजारमा विभिन्न ५ रंगमा उपलब्ध छ । यो गाडी रातो, कालो, सेतो, चाँदी र सुन्तला रंगमा उपलब्ध रहेको छ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १५:०१ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...