back
NMB ad

साढे तीन वर्षदेखि अवरुद्ध सोलु कोरिडोर प्रसारण लाइनको आठौंपटक म्याद

Kumari bank ad

उदयपुर । निर्माणाधीन राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम उदयपुरको कटारी नगरपालिका क्षेत्रमा साढे तीन वर्षदेखि अवरुद्ध हुँदा आठौंपटक म्याद थप्ने काम भएको छ ।

उदयपुरको कटारी नगरपालिका-४, मरुवास्थित स्थानीयवासीको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम साढे तीन वर्षदेखि रोकिएको हो । कटारी नगरपालिका- ४ मरुवाका स्थानीयले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्‍याएका हुन् । स्थानीयको अवरोधपछि आयोजनाको काम त्यस क्षेत्रमा अघि बढ्न सकेको छैन ।

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा २० माघ ०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट विद्युतमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

सोलु करिडोरको सातौंपटकको म्याद सेक्टेम्बरमा सकिएको छ । आठौंपटक डिसेम्बर २०२१ सम्मका लागि म्याद थप गरिएको सोलु कोरिडोर आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए। निर्माणाधीन सोलु करिडोर १३२ केभी डबल सर्किट आयोजनाको ३०२ वटा टावरमध्ये अहिलेसम्म २९८ वटा निर्माण सकिएको छ ।

सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भई काम सुरु भएको थियो । आयोजनाको काम सन् २०२१ सेक्टेम्बरमा काम सक्ने सर्तमा सातौंपटक म्याद थप भएको थियो । तर थपिएको समयसीमामा काम सुचारु हुन नसक्दा पुनः तीन महिनाका लागि समय थप गरिएको आयोजना प्रमुख गौतमले बताए । आयोजना क्षेत्रमा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिए पनि स्थानीयको बारम्बार अवरोधका कारण अलपत्र छ ।

सिराहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माणमध्ये २९८ वटा टावर निर्माण गरी तार तान्ने कामसमेत सकिएको छ । कटारी नगरपालिका-४ मरुवामा स्थानीयको अवरोधका कारण चारवटा टावरको फाउन्डेसन निर्माण गर्ने क्षेत्रमा काम रोकिएको छ । कटारी नगरपालिका- ४ मरुवा, सिम्ले, बर्मझियाका २३ घर परिवारले प्रसारण लाइनको एलाईमेन्ट परिवर्तनको माग्दै अवरोध गरेको छ । उनीहरूले एलाइन्ट परिवर्तन हुन नसके ०७५ सालमा निर्धारण गरेको मुआब्जा पुनस् मूल्यांकन गर्न माग गरेका छन् । त्यसबेला प्रति कठ्ठा २० लाखका दर मूल्यांकन गरेकामा अहिले नगरपालिकाले सिफारिस गरेको प्रति कठ्ठा ५० लाख हुन पर्ने माग गरिएको छ ।

मरुवामा चारवटा टावर निर्माण गर्नु पर्ने भए पनि स्थानीयको अवरोधका कारण काम अगाडि बढाउन नसकिएको आयोजनाले बताएको छ । सिरहादेखि सोलुसम्म ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म २९८ वटा टावरका ८७ किलोमिटरमा तार टांगिएको छ । बाँकी ३.०३ किलोमिटर अवरोध हुने क्षेत्रभित्र पर्छ ।

कटारी नगरपालिकाको लेखानीमा सात किलोमिटर अर्थिङ गर्न बाँकी रहेको अन्य काम सकिएको आयेजनाले जनाएको छ । प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुंगन र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ । नेपाल विद्युत् प्राधिकरणले सोलु कोरिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रा।लिसँग प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिना अबरोध काम भएको भए २०७६ माघमा निर्माण सम्पन्न गर्ने योजना थियो । न्यूज कारखाना

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:१८ मा प्रकाशित

You can share this post!

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:२५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...