back
NMB ad

बराहतालका किसानलाई नबिल बैंकले सहुलियतपूर्ण कर्जा दिने

Kumari bank ad

काठमाडौं । नबिल बैंकले सुर्खेतका किसानहरूलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । सुर्खेतको बराहताल गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकासँग बैंकले सहुलियतपूर्ण कर्जा दिनको लागि सम्झौता गरेको हो ।

नबिल बैंकले बराहतालमा मंगलबार दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको हो ।

बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा सन्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम र तालिमसहित उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैंकले कर्जा उपलब्ध गराउने जनाएको छ ।

कार्यक्रममा नबिल बैंकको कर्णाली प्रदेशप्रमुख गोपी पाण्डेले सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

बैंकले बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारतलगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा व्यक्त गरे ।

नबिल बैंकले गत १५ असारमा नबिल दिगो बैंकिङको सुरुवात गरेको जनाएको छ । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुरु गरेको छ ।

नबिल बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरूमा १७ वटा दुर्गम शाखाहरूबाट सन्चालन गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको बैंकले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:५२ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...