back
NMB ad

फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने

Kumari bank ad

एजेन्सी । अमेरिकी विज्ञहरुले कोभिडबिरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन् । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूको एउटा समूहले पाँच वर्षदेखि माथिका बालबालिकालाई फाईजर खोप दिन मिल्ने बताएको हो ।

विज्ञहरुका अनुसार सो उमेर समूहका बालबालिकालाई वयस्कलाई दिइएको खोपको एक तिहाइ मात्रा दिइनुपर्छ ।

विज्ञहरुले खोपलाई स्वीकृत गरेसँगै २ करोड अमेरिकी बालबालिका यसबाट लाभान्वित हुनेछन् । तर, एफडीए र अमेरिकाको रोग नियन्त्रण तथा उन्मूलन केन्द्रबाट खोप अनुमोदन हुन भने बाँकी छ ।

यसअघि सेप्टेम्बरमा खोप निर्माता कम्पनीले परीक्षणपछि सानो उमेर समूहका बालबालिकालाई पनि खोप दिन सकिने जनाएको थियो । अमेरिकामा सो खोप १२ वर्षमाथिकालाई केही महिनाअगाडिदेखि दिन थालिएको छ ।

अमेरिकाले १ लाख भन्दा बढी फाइजर खोप नेपाललाई अनुदानमा दिएको छ । पहिलो चरणमा १२ वर्षमाथिका दीर्धरोगीलाई सो खोप दिइने छ ।

वि.सं.२०७८ कात्तिक १० बुधवार ११:०१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...