काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्ष २०७८÷७९ प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा १६ करोड २६ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रतिशतले बढी हो। गत आवमा सोही अवधिमा कम्पनीले ६ करोड ४९ लाख ३७ हजार रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले चालु आवको पहिलो त्रैमासमा ३५ करोड ११ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा भने ९९ करोड ८५ लाख ४१ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिशत सेयर आम्दानी ३६.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५७.४१ रुपैयाँ रहेको छ ।
वि.सं.२०७८ कात्तिक १० बुधवार ११:०४ मा प्रकाशित