back
NMB ad

बाढीले क्षतिग्रस्त माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मत सुरु, निर्माण अवधि एक वर्ष थपिने

Kumari bank ad

काठमाडौं । निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मत सुरु भएको छ ।

गत १ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएको आयोजनाको संरचना मर्मत सुरु भएको हो ।

निर्माण सम्पन्न भइसकेर टनेलसमेत परीक्षण भएको २५ मेगावाटको सो आयोजनामा १ असारमा आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा क्षति पुर्‍यएपछि पुनः मर्मत गर्नुपरेको आयोजनाले जनाएको छ ।

बाढीले बाँधक्षेत्रका अधिकांश भाग पुरिनुका साथै संरचनामा क्षति पुर्‍याएको र सो मर्मतको काम सुरु भएको आयोजना प्रवर्द्धक राजेन्द्र वस्तीले बताए ।

तत्कालीन समयमा आएको बाढीसँगै अधिकांश स्थानमा पहिरो जाँदा बाँध क्षेत्रसम्म पुग्ने सडक पनि भत्किएको थियो । यसअघि नै संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले जेठ महिनाभित्रै व्यावसायिक विद्युत उत्पादन गर्नेगरी परीक्षण तयारी गरेको थियो ।

तर बाढीले संरचनामा क्षति पुर्‍याएपछि पुनः विद्युत उत्पादनको समय अनिश्चित बनेको छ । अघिल्लो वर्ष पनि दोर्दी खोलामा आएको बाढी र कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनको प्रभावका कारण निर्धारित समयभन्दा एक वर्ष बढी समय लगाएर आयोजना निर्माण सम्पन्नको चरणमा पुगेको थियो । अहिले पनि बाढीले क्षति पुर्‍याएपछि निर्माण अवधि पुनः एक वर्ष थपिने भएको छ ।

चैत महिनामा व्यावसायिक विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य भए पनि उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोड्न प्रसारणलाइन नहुँदा व्यावसायिक उत्पादनमा पनि ढिलाइ अनुमान गरिएको छ ।

२०७१ असोजबाट निर्माण थालिएको सो आयोजना अघिल्लो चैत मसान्तसम्म व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माणकार्य प्रभावित हुँदै आएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मस्र्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिनेछ ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १३:०३ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...