back
NMB ad

११ अर्ब बढी सुनको आयात, एक महिनामै ३२.४८ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । नेपाल सुन आयात ह्वात्तै बढेको छ । एक महिनाको अवधिमा सुन आयात ३२.४८ प्रतिशतले वृद्धि भएको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ११ अर्ब बढीको सुन आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

असोज मसान्तसम्म नेपालमा ११ अर्ब ७ करोड २८ लाख ३५ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा १ हजार ६२० केजी बढी सुन नेपाल भित्रिएको हो ।

सुन टर्की र युएईबाट सुन आयात भएको हो । सुन आयातबाट सरकारले १ अर्ब ३७ करोड ७४ लाख २७ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

विभागका अनुसार चालु आवको भदौ मसान्तसम्म ८ अर्ब ३५ करोड ७७ लाख ६७ हजार रुपैयाँ बराबरको सुन आयात भएको थियो । भदौ मसान्तसम्म १ हजार २१५ केजी सुन आयात भएको थियो ।

चालु आवको तीन महिनाको अवधिमा सबैभन्दा बढी सुन यूएईबाट आयात भएको छ । उक्त देशबाट नेपालमा ७ अर्ब ९५ करोड ३२ लाख २८ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो ।

असोज मसान्तसम्ममा यूएईबाट नेपालमा १ हजार १६३ केजी सुन भित्रिएको विभागले जनाएको छ । भदौ मसान्तसम्म उक्त देशबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरको ८६० केजी बढी सुन आयात भएको थियो ।

यस्तै, टर्कीबाट ३ अर्ब ११ करोड ९६ लाख ७ हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको तथ्याङ्कमा उल्लेख छ ।विभागका अनुसार उक्त मुलुकबाट चालु आवको तीन महिनामा ४५७ केजी सुन आयात भएको हो ।

चालु आवको दुई महिना अर्थात भदौ मसान्तसम्म टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख २७ हजार रुपैयाँ बराबरको ३५४ केजी बढी सुन नेपाल भित्रिएको थियो ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १५:०६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...