काठमाडौं । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको हो ।
साताको पाचौं कारोबार दिन नेपाली बजारमा छापावाला सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आजका लागि तेजावी सुनको मूल्य भने ९१ हजार ९ सय रुपैयाँ निर्धारण तोकिएको छ । अघिल्लो दिन तेजावी सुन ९१ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।
वि.सं.२०७८ कात्तिक ११ बिहीवार १०:५६ मा प्रकाशित