काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको कात्तिक १० गते बुधवार बसेको संचालक समितिको बैठकले २१.०५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस र कर प्रयोजनका लािग १.०५३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश अब राष्ट्र बैंकको स्वीकृत भई कम्पनीको आगामी साधारण सभामार्फत पारित भएपश्चात वितरण हुने छ ।
वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:०९ मा प्रकाशित