back
NMB ad

आईपीओ निष्काशन गर्न लागेको सिवाईसी लघुवित्तको नाफा ११७ %ले बढ्यो, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । आईपीओ निष्काशनको तयारीमा रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासमा साढे २ करोड बढी नाफा कमाएको छ ।

बिहीबार सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको हो ।

कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११७.११ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले १ करोड २६ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्यजा आम्दानी पनि वृद्धि भएको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ४४ लाख ८ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा भने ३ करोड ३१ लाख २ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ८ करोड २१ लाख ८ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा भने १२ करोड १२ लाखा ३१ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा ३.१२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा भने खराब कर्जा ६.१४ प्रतिशत रहेको थियो ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार ११:४६ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...