काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यति बेला कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले बढेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीका सेयर मूल्य प्रतिकित्ता ३५५ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ४ हजार ८५० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार कम्पनीको ११ करोड ८७ लाख ५७ हजार रुपैयाँ बरारबको सेयर कारोबार भएको छ ।
वि.सं.२०७८ कात्तिक ११ बिहीवार १३:१८ मा प्रकाशित