back
NMB ad

नेपाली बजारमा भारतीय प्याज: ३ महिनामा २० करोड बढीको आयात, बीउ मात्रै ६३ लाखको भित्रियो

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा २० करोड बढी प्याज आयात भएको छ ।

चालु आवको असोज मसान्तसम्ममा नेपालमा २० करोड २० लाख १४ हजार रुपैयाँ बराबरको प्याज आयात भएको हो ।

भन्सार विभागका अनुसार छिमेकी दुई मुलुकसहित तीन देशबाट नेपालमा प्याज आयात भएको हो । चालु आवको असोज मसान्तसम्म ४ हजार ९७६ टन बढी प्याज नेपाल भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार नेपाली बजारमा भारतीय प्याजको बर्चस्व देखिएको छ । उक्त देशबाट चालु आवको तीन महिनामा १८ करोड ८४ लाख २ हजार रुपैयाँ बराबरको प्याज आयात भएको हो । भारतबाट ४ हजार ९३ टन प्याज आएको हो ।

यस्तै, उक्त अवधिमा चीनबाट १ करोड ३६ लाख १२ हजार रुपैयाँ बराबरको प्याज आयात भएको हो । उक्त देशबाट साढे ३६ हजार केजी प्याज नेपाल भित्रिएको हो ।

प्याज आयातबाट सरकारले १ करोड ८३ लाख २२ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ । नेपालमा प्याजको बीउ पनि आयात भएको छ ।

चालु आवको तीन महिनामा ६३ लाख बढीको प्याजको बीउ आयात भएको विभागले जनाएको छ ।

नेपालमा भारत, दक्षिण कोरिया, अर्जेटिना र चिले लगायतका देशहरुबाट ६३ लाख ९ हजार रुपैयाँ बराबरको प्याजको बीउ आयात भएको हो ।

यी देशहरुबाट २ हजार १२५ केजी प्याजको बीउ आयात हुँदा सरकारले ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १३:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...