back
Mega Long Ad

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति तय भएको छ ।

कम्पनीको आईपीओ भोलि अर्थात शुक्रवार बिहान ९ बजे बाँडफाँट हुने भएको हो । कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले कुल सेयरमध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि,४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ता सेयरका लागि आवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेकोले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ । जसका आधारमा ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकी १५ लाख ७४ हजार ४२८ जना आवेदकको हात खाली हुने देखिन्छ ।

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...