काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले शुक्रवार स्वरोजगार लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको मूल्य समायोजन गरेको हो ।
स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयरको समायोजनपछि नेप्सेले १ हजार २७२ रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको बिहीवार कायम अन्तिम सेयरमूल्य १ हजार ५९० रुपैयाँको आधारमा समायोजन भएको हो ।
त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयरको समायोजनपछि १ हजार ५१९.९२ रुपैयाँ तोकेको छ ।
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १०:५९ मा प्रकाशित