back
SKIP
Prabhu Bank Road Block Ad

कोरोना महामारीले बन्द भद्रपुर नाका डेढ वर्षपछि खुल्यो

Kumari bank ad

झापा । सरकारले सबै नाका खोल्ने निणर्य गरेको एक महिनापछि मात्र झापाका दुई ठूला नाका सहज भएका छन् । पूर्वीनाका काकँडभिट्टा र भद्रपुर नाकामा केही सहज भएको हो । पूर्वीनाका काँकडभिट्टामा विगतदेखि नै मान्छेको आवतजावत हुँदै आएको भए पनि नाका सहज थिएन । सरकारले गत असोज पहिलो साता देशभरका नाका साविककै अवस्थामा ल्याउने निणर्य गरेको थियो । विगतमा पूर्वीनाका काँकडभिट्टामा आवश्यक प्रक्रिया पूरा गरेपछि भारतीय निजी सवारी सहजै नेपाल आउन पाउँथे । तर, कोरोना महामारीले नाका बन्द भएपछि सवारी प्रवेशमा रोक लगाइएको थियो ।

असोज पहिलो साता सरकारले नाका खोल्ने निणर्य गरे पनि भारतको पश्चिमबंगाल सरकार भारतीय सवारीलाई नेपाल प्रवेशमा रोक लगाएको थियो । करिब डेढ वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट भारतीय सवारी साधन नेपालमा आवश्यक प्रक्रिया पूरा गरेर सहजै आउन थालेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

‘विगतमा स्वास्थ्य मापदण्ड पूरा गरेर पूर्वीनाकाबाट मानिस आउने भए पनि भारतीय सवारी आवश्यक प्रक्रिया पूरा गरे पनि आउन पाएका थिएनन्,’ उनले भने, ‘अब स्वास्थ्य मापदण्ड अपनाएर र सबै प्रक्रिया पूरा गरेपछि भारतीय सवारी नेपाल आउन थालेका छन् ।’

नाका सहज भएसँगै चैत २०७६ बाट कोरोना महामारीले थलिएका काँकडभिट्टाका होटेल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । नाकाबाट भारतीय निजी सवारी नेपाल प्रवेशमा रोक लगाइँदा नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या शून्य थियो । ‘बल्लबल्ल नाकाबाट भारतीय सवारी आउन थाल्यो । अबचाहिँ पर्यटकको आगमन हुने अपेक्षा गरेका छौँ’, ट्राभल संघ झापाका अध्यक्ष नेत्र कार्कीले भने, ‘थलिएको काँकडभिट्टाको पर्यटन र होटेल व्यवसाय उठ्ने आस गरेका छौँ ।’

पूर्वीनाका काँकडभिट्टाबाट भारतीय नागरिक मात्र हैन, बंगलादेश, भुटानसँगै अन्य तेस्रो देशका नागरिकसमेत आउने गरेका छन् । ‘अन्य देशका नागरिक पनि पूर्वीनाकाबाट आउन पाउँछन् । त्यसका लागि स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्छ,’ प्रजिअ तिमिल्सिनाले भने, ‘भारतबाहेक अन्य देशका नागरिकका लागि भने होटेल क्वारेन्टाइनका लागि होटेल बुक भएको प्रमाण अनिवार्य चाहिन्छ ।’

यस्तै, डेढ वर्षपछि बिहार राज्यस्थित गलगलिया नाकासँग जोडिएको भद्रपुर नाका पनि खुलेको छ । कोरोना महामारी सुरु भएसँगै सरकारले दशभरको नाका शील गरेदेखि भद्रपुर नाका पनि बन्द भएको थियो । यहाँबाट मानिसको आवतजावत बन्द भएको थियो । भद्रपुरबासीले नाका खुलाउन पटकपटक आग्रह गर्दै आएका थिए ।

‘भद्रपुरवासीले बारम्बार आग्रह गरेको हो । तर, अहिलेसम्म नाका खुल्न सकेको थिएन । नाका बल्ल खुल्यो,’ झापा उद्योग उद्योग वाणिज्य संघका अध्यक्ष नवरावज पनेरुले भने, ‘देशभरका सबै नाका खुले पनि भद्रपुर नाका नखुल्दा हामीले दोस्रो दर्जाको नागरिक जस्तै महसुस गर्नुपरेको थियो ।’

भद्रपुर नाकाबाट आवतजावत गर्दा सबै स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । काँकडभिट्टा र भद्रपुर नाकाबाट स्वास्थ्य मापदण्ड पूरा गरेर आवतजावत सुरु भए पनि अन्य साना नाकाबाट आवतजावत खुला नरहेको उनले बताए । झापामा भारतसँग १४४ दशमलव दुई किलोमिटर खुला सीमा छ । प्रजिअ तिमिल्सिनाले दुई नाकाबाहेक अन्य नाकाबाट मानिसको आवतजावत नभएको बताए पनि स्वास्थ्य मापदण्ड पनि पूरा नगरी आवतजावत भइरहेको छ ।

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १५:२० मा प्रकाशित

You can share this post!

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन   

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:४६

काठमाडौँ, २४ मङ्सिर : दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपतिनाथलगायत...

विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा   

विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:४०

सिड्नी, २४ मङ्सिर अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप...

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड   

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:३४

काभ्रेपलाञ्चोक, २४ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन   

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:२३

काठमाडौँ, २४ मङ्सिर : एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा...

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८० मंसिर २४ आइतवार १९:१८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ...

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित   

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:१४

काठमाडौँ, २४ मङ्सिर : एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत...