back

इजलास बहिष्कार गर्ने न्यायाधीशविरुद्ध सर्वोच्चमा तीनवटा रिट

Kumari bank ad

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिष्कार गर्ने १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट परेको छ । यद्यपि अहिलेसम्म रिट दर्ता भएको छैन ।

न्यायाधीशहरुविरुद्ध तीनवटा रिट निवेदन आएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध रिट निवेदन परेको हो ।

रिटमा नागरिकको संविधान प्रदत्त स्वच्छ सुनुवाइको हक हनन् भएको, संकटकालमा समेत नरोकिने बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ नगरेकाले संविधानको धारा १३३ (२), (३) बमोजिम पेशी सूचीका कुनै पनि मुद्दा नरोक्नु, इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नु भन्ने परमादेश माग गरिएको छ ।

त्यसैगरी बन्दी तथा थुनुवाहरुको हकमा सुनुवाइ नै नभई बन्दी अवस्थामा र थुनामा रहहनु पर्दा अपुरणीय क्षति हुने भएकाले आजैका मितिदेखि सोही व्यहोराका सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश समेत माग गरिएको छ ।

न्यायाधीशविरुद्ध रिट निवेदन दिनेमा अधिवक्ताहरू तोयनाथ ढुंगाना र कीर्तिनाथ शर्मा पौडेल, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीलगायत छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरु पेशी तोकिए पनि सुनुवाइ नगरेर अलग्गै बैठक बस्दै आएका छन् ।

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १५:२८ मा प्रकाशित

You can share this post!

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन २१ सोमवार १६:१८

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

वि.सं.२०८० फागुन २१ सोमवार १५:५०

चितवन, २१ फागुनः दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले...

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

वि.सं.२०८० फागुन २१ सोमवार १४:५३

सङ्गीता राई धरान (सुनसरी), २१ फागुन : एउटा उखान छ,...

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

वि.सं.२०८० फागुन २१ सोमवार १४:१४

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको...