काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १२ गते बसेको संचालक समितिको बैठकले १८.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ कात्तिक १४ आइतवार ११:२१ मा प्रकाशित