back
NMB ad

कुमारी बैंकको नाफा ५४ करोड बढी: खराब कर्जा पनि घट्यो, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ५४ करोड बढी नाफा कमाएको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको असोज मसान्तसम्म ५४ करोड ११ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिमो तुलनामा भने १०.१९ प्रतिशतले कमी हो । गत आवको असोज मसान्तसम्म बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब २८ करोड ६९ लाख ३३ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने २.१८ प्रतिशतले कमी हो ।

गत आवको असोज मसान्तमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । जगेडा कोष रकम ३ अर्ब ९३ करोड ८६ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ६३ लाख १० हजार रुपैयाँ रहेको छ ।  उक्त अवधिमा बैंकले १ खर्ब ५५ अर्ब १८ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ खर्ब ५२ अर्ब ३७ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

बैंकको निष्क्रिय कर्जा पनि घटेको छ । गत वर्षको सोही अवधिमा १.४३ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवको पहिलो त्रैमासमा भने घटेर ०.८२ प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५.६० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८.५६ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ कात्तिक १४ आइतवार १२:२३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...