काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनी आर्थिक वर्ष २०७७/७८ सम्मको संञ्चित मुनाफबाट सेयरधनीहरुलाई १०.९३ प्रतिशत बोनस सेयर र कर समेत गरि ०.५७ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण हुनेछ ।
वि.सं.२०७८ कात्तिक १५ सोमवार १०:५५ मा प्रकाशित