back
NMB ad

१४४ प्रतिशतले बढ्यो गुडविल फाइनान्सको नाफा, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

Kumari bank ad

काठमाडौं । गुडवील फाइनान्सले चालु आर्थिक वर्ष २०७८७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज मसान्तसम्म ७ करोड ११ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १४४.१३ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले ३ करोड ९१ लाख ५९ हाजर रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४ करोड ३० लाख ९३ हजार रुपैयाँ रहेको छ । यो आम्दानी गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने १३०.२४ प्रतिशतले बढी हो ।

गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २१ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीले असोज मसान्तसम्म १५ करोड ५१ लाख ८२ हजार रुपैयाँ खुद संचालन मुनाफा गरेको छ । कम्पनीको वितरणयोग्य नाफा भने १ करोड ७२ लाख ३५ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ७२ लाख रुपैयाँ रहेको छ ।कम्पनीले जगेडा तथा कोषमा १ अर्ब ५ करोड १५ लाख ५३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । असोज मसान्तसम्म कम्पनीको खराब कर्जा ३.४० प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा भने २.०१ प्रतिशत रहेको छ ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार ०८:४९ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...