back
Hero Ad

मुख्यमन्त्री पक्का भएपछि केक काटेर, बियर उडाएर पार्टी

सुनसरी । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन् ।

पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका हुन् ।

इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी साटेका हुन् । उनले केक काट्दै गरेको भिडियो ४ मिनेट २७ सेकेण्डको छ । त्यहाँ उनले केक काटेर बियर उडाएका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनि नसक्दै स्याम्पियन फोडेर खुसीयाली मनाएका हुन् ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनले स्याम्पियन फोडेको पनि देख्न सकिन्छ । तर उक्त भिडियो केही समयमै डिलिट गरिएको छ ।

प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएका छन् । आचार्यको राजीनामा सँगै विपक्षी गठबन्धनको तर्फबाट प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले दाबी पेस गरेका छन् ।

विशेष स्रोतबाट प्राप्त भिडियोमा यो विषयमा सार्वजनिक नगर्नु भन्न सम्म भ्याएका छन् ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १०:४२ मा प्रकाशित

You can share this post!

दुई जलविद्युत परियोजना विकासका लागि एनएचपिसी सँग सम्झौता

दुई जलविद्युत परियोजना विकासका लागि एनएचपिसी सँग सम्झौता

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:५९

काठमाडौं । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको उपस्थितीमा...

नोक्सानी घटाउँदै लिवर्टी इनर्जी, कस्तो छ अवस्था ?

नोक्सानी घटाउँदै लिवर्टी इनर्जी, कस्तो छ अवस्था ?

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:४२

काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को...

कुमारी बैंकबाट नि:शुल्क आईपीओ भर्न पाईने

कुमारी बैंकबाट नि:शुल्क आईपीओ भर्न पाईने

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:२२

काठमाडौं । कुमारी बैंकले भदौ १ गतदेखि नै लागु हुने...

कस्तो छ त अभियान लघुवित्तको वित्तीय प्रगति ? (विवरणसहित)

कस्तो छ त अभियान लघुवित्तको वित्तीय प्रगति ? (विवरणसहित)

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:१४

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले १ करोड बढी नाफा...

सोल्टी होटलको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचकहरु ! (विवरणसहित)

सोल्टी होटलको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचकहरु ! (विवरणसहित)

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:५३

काठमाडौं । सोल्टी होटल लिमिटेडले सवा ३० करोड बढी नाफा...

१२ प्रतिशतले बढ्यो युनाइटेड इदि मर्दीको नाफा, विद्युत बिक्रीबाट साढे १८ करोड बढी आम्दानी

१२ प्रतिशतले बढ्यो युनाइटेड इदि मर्दीको नाफा, विद्युत बिक्रीबाट साढे १८ करोड बढी आम्दानी

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:३५

काठमाडौं । युनाइटेड इदि मर्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीले सवा...